धनगढी- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहदम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा शाहदम्पतीलाई संक्रमण पुष्टि भएको हो ।



दशैँ मनाएर बाजुराबाट फर्किएका मन्त्री शाहले सामान्य ज्वरो र पखाला लागेपछि शंका लागेर परीक्षण गराएको बताउँदै अहिले स्वास्थ्य समस्या नरहेको बताए ।
मन्त्री शाहकी पत्नि लक्ष्मी भट्ट शाहलाई समेत संक्रमण पुष्टि भएको छ, भने मन्त्रीका साला र सवारी चालकलाई पनि संक्रमण देखिएको छ ।
उनीहरु अहिले धनगढीस्थित सरकारी निवासमै सेल्फ आईसोलेसनमा बसेका छन् ।

Views: 184

























