२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

धारिलो हतियार प्रयोग गरी हत्या गर्ने अभियुक्त पक्राउ

अछाम । ढकारी गाउपालीका वडा नम्बर ७ का १५ बर्षिय बालक देबेन्द्र थापालाई चक्कु प्रहार गरि हत्या गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १० गते राति ढकारी गाउँपालिका १ को बाचकोटबाट घर फर्किने क्रममा थापालाई चक्कु प्रहार गरि हत्या गरेर फरार भएका २७ बर्षिय नर बहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछामबाट इनिस्पेक्टर लोकेन्द्र सिंह गुरुको नेतृत्वमा खटिएको टोलिले कमलबजार नगरपालीका वडा नम्बर ६ मा पर्ने गैरीटाड माथिको जंगलमा लुकेर बसेको अबस्थामा हिजाे बेलुकी ४ बजे प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

हत्यामा संलग्न ढकारी गाउँपालिका ३ का ४२ बर्षिय नरेन्द्र बुढालाई भने ११ गते बिहान घरमा सुतिरहेको अवस्थामा प्रहरीले प्रक्राउ गरिसकेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।