२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

डडेल्धुरामा अर्धचेत अबस्थामा बालक फेला

डडेल्धुरा: डडेल्धुरामा अर्धचेत अबस्थामा एक बालक फेला परेका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ ह्वाइटपार्क कलेज नजिक अर्धचेत अबस्थामा बिहीबार बेलुका प्रहरीले फेला पारेको हो ।

ती बालकको डडेल्धुरा अस्पतालमा उपचार पश्चात सोधपुछ गर्दा अमरगढी नगरपालिका –४ घर भएको र आफ्नो नाम कृष्ण कार्की र उमेर १६ वर्ष बताएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बाजको नाम गोपाल कार्की, बुवाको नाम गणेश कार्की रहेको र बुवा इन्डिएन आर्मी रहेको र हाल मृत्यु भै सकेको बताएका छन् ।

आफूसँग आमा धौली कार्की, बहिनी मानमती कार्की समेत आएकोमा हामिहरूलाई रिसिभ गर्न धनविर कार्कीको छोरा सुरेश कार्की र दाह्री फुलेको अपाङ्ग मान्छे समेत आएकोमा तत्पश्चात निजहरू र मेरो आमा र बहिनी सम्पर्कमा नरहेको भनी प्रहरीलाई जानकारी गराएकोले चिन्नु हुनेले प्रहरीलाई खबर गर्न डडेल्धुरा प्रहरीले अनुरोध गरेको छ । बालकको उचाई ५ फिट ४ इन्च रहेको छ भने सेतो भेष्ट, निलो जिन्स पाईन्ट र निलो चप्पल लगाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।