२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

कोलकातालाई चेन्नईले ६ विकेटले हरायो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४९ औँ म्याचमा चेन्नई सुपरकिंग्सले कोलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

चेन्नईको यो सीजनमा ५ औँ जित हो । यो हारसँगै कोलकताको भने प्लेअफमा जाने सम्भावना मुस्किल भएको छ ।

साथै मुम्बई इण्डियन्स भने क्वालिफाईमा छनौट भएको छ । कोलकतालाई अब प्लेअफमा जान अन्य टीमको नतिजा र अर्को म्याचमा जित्नुपर्ने दावाव छ ।

चेन्नईलाई १२ बलमा ३० रन आवश्यक थियो । रविन्द्र जडेजाले ११ बलमा नटआउट ३१ रन प्रहार गरेर खेल जिताए ।

साथै उनले अन्तिम २ बलमा २ छक्क प्रहार गरे । टस हारेर ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा १७३ रनको टार्गेट दिएको थियो ।

जवाफमा धोनीको टीमले ४ विकेट गुमाउँदै १७८ रन बनाएर खेल जित्यो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।