अछाम । अछाममा एक हजार ६५ जना काेराेना भाईरस (काेभिड-१९) संक्रमण मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तह, प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी लगायत गरि एक हजार ६५ जना काेराेना संक्रमित संक्रमित मुक्त भई घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।



हालसम्म जम्मा काेराेना संक्रमित एक हजार एक सय ३५ जनामध्ये एक हजार ३५ जना निकाे भई निकाे हुनेकाे प्रतिशत ९३ दशमलब ८३ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जाेशीले जानकारी दिनुभयाे ।
सबैभन्दा बढी जिल्लाको साँफेबगर नगरपालिकाका दुई सय ४९ जना निकाे भएका छन् । यस्तै रामाराेशन गाउँपालिकाका एक सय ६३, मेल्लेख गाउँपालिकाका एक सय ४३ तथा मंगलसैन नगरपालिकाका एक सय ४० जना काेराेना संक्रमण मुक्त भएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकाका ९८ जना, पञ्चदेवल विनायक नगरपालिकाका ८५ जना, चाैरपाटी गाउँपालिकाका ७६ जना तुर्माखाँद गाउँपालिकाका ५५ जना, ढकारी गाउँपालिकािका २९ जना तथा कमलबजार नगरपालिकाका २५ जना काेराेना संक्रमण मुक्त भएका छन् ।
अब जिल्लामा सक्रिय संक्रमितको संख्या ६६ जना रहेकाे स्वास्थ्य कार्यालयकाे तथ्यांक छ । अछाममा हालसम्म १० हजार चार सय ६१ पीसीआर परिक्षणका लागि स्वाब संकलन गरिएकोमा नाै हजार दुई सय ६४ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ ।
काेराेना संक्रमितमध्ये सात सय ७८ जना पुरुष र दुई सय ७५ जना महिला रहेका छन् । काेराेना भाईरस संक्रमणका कारण अछाम जिल्लाका ४ जनाकाे ज्यान गएकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।

























