२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

वडाध्यक्ष सहित बझाङमा १० जुवाडे पक्राउ

धनगढी, १२ कात्तिक । बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपैंया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका १०जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।
 

दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट पक्राउ गरिएको उनले बताए ।
उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।