२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

कैलालीमा २ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

धनगढी, १२ कात्तिक ।  कैलालीमा २ लाख २३ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित कृष्ण बहादुर खड्काको  कुखुरा फर्म भित्र तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा २ लाख २३ हजार ५ सय नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा गौरीगंगा नगरपालीका ६ बस्ने ६० बर्षका भक्त बहादुर शाही, सोही ठाउँ बस्ने बर्ष ५२का बिर बहादुर साउँद, ४५ बर्षका डम्मर शाही, ४२ बर्षका राम बहादुर साउँद र बर्ष ३६ का रंग साउँद रहेको  जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट नगद सहित २ गड्डी तास समेत फेला परेको छ । उनीहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।