२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

आइतबारको दिन यि काम गर्नाले हुनेछ कार्य सिद्धि

काठमाडौँ – साताको पहिलो दिन अर्थात आइतबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनिरहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ । ज्योतिष शास्त्रका अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोकामना पूरा हुने शास्त्रमा उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।