व्यवसायिक बन्न नसक्दा बिदेश जान रुचाउँछन् युवा ।
दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा पुर्खाैलि पेशाकाे रुपमा गरिदै अाएकाे अारन पेशा गुजरा चलाउने पेशाकाे रुपमा रहेकाे पाईन्छ । अारन पेशा व्यवसायिक बन्न नसकेकाे अारनकर्मि बताउछन् । डडेल्धुरामा याे पेशा जात विशेष रहेकाे पाईन्छ यहाँका टमटा , लुहार,विश्वकर्मा, अाेड जातिका मानिसले याे पेसा पुर्ख्याैलि पेसाका रुपामा गर्दै अाएकाे पाईन्छ ।
” हामिले गर्दै अाएकाे याे पेशा पुर्ख्याैलि पेसा भएकाे र अाफुले सानाे छदा बुबा बाट याे सीप सिकेकाे हु , मैले दिनमा मात्र हाेईन रातमा पनि याे काम गरिरहेकाे हुन्छु , कमाई त खासै हुदैन अाफ्नाे घर खर्च भने जेनतेन चलाईएकाे छ । मलै अाफ्नाे काम राति पनि गर्ने गरेकाे छु । म हसिया,चक्कु,त्रिशूल,घण्टा ,पानस,करुवा,माना, नालि फलाम तथा पित्तलका विभिन्न मुर्ति बनाउने गरेकाे छु” भन्छन् अारनकर्मि तेज टमटाले भने ।
घरमै बसेर एक महिनामा रु २० हजारदेखि रु ३० हजारसम्म कमाउन सकिन्छ, यसले मेरो जीविका चलेकै छ, अरूले व्यवसायलाई निरन्तरता नदिँदा हाम्रो पुख्र्यौली व्यवसाय नै संकटमा पर्दै गएकामा दुःख लागेको छ”, उनले भने ।



हातले कुँदेर बनाइएका कोदालो, बञ्चरो आकार हेरेर रु ६०० देखि रु एक हजार, हँसिया रु एक सयदेखि रु ३०० सम्ममा बिक्री गर्ने गरेको टमटाले बताए ।
किन बन्न सकेन व्यवसायिक – डडेल्धुरामा अहिले पनि खलाे दिने चलन( काम गरे बाफत बर्षमा धान र गहु दिने चलन ) कायमै छ । हामिले बर्ष भरि अरुका भाडाकुडा बनाउछाै तर हामिले पैशा नपाएर खाध्यान्न पाउने गरेका छाै , जसले गर्दा हामीलाई घाटा हुन्छ स्थानिय लाल टमटाले गुनासाे गर्नुभयाे ।
उनिहरु भन्छन् ” हाम्रो याे पेशा पुर्ख्याैलि पेशा भएकाले हामिहरुले याे सीप अाफ्ना बुबा बाजे बाटै सिक्याै तर स्थानिय सरकार अाईसके पछि पनि अारन सम्बन्धि तालिम अाए पनि यस्ता तालिम अाफुहरुले नपाउने र तालिममा प्रशिक्षक पनि चित्त बुझ्दाे र साेचेकाे सीप भएकाे जस्ताे नहुने तेज टमटाकाे भनाइ छ ।
युवा पुस्तामा यसकाे माेह घट्दै ।
गाउँघरमा आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौली पेशा अहिले कम हुदै गएको छ ।
युवा पुस्ताले चासो नदिँदा तथा गाउँघरमा कोइलाको अभाव हुन थालेपछि समुदायको पहिचानका रुपमा रहेको आरन व्यवसाय घटदै गएको छ ।
फाेटाे – राति दस बजे हातले घण्टी बनाउदै गर्दाकाे हाे । स्थानिय तेज टमटा

























