२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन

धनगढी । बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।

देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ ।

घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको छ ।

देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं पाठ गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसाद सँगै लगाउने गरिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।