२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

शुक्लाफाँटामा चाडपर्व लक्षित सुरक्षा गाेष्टि सम्पन्न

जय वहादुर ऐर/झलारि,कंचनपुर- कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकामा चाडपर्व लक्षित सुरक्षा गाेष्टि सम्पन्न भएकाेछ।नजिकिँदै गरेकाे दशै तिहार लगायतका चाडपर्वमा अवाञ्छित कार्य राेक्ने उदेश्यले आईतवार नगरपालिकामा सराेकार निकायविच छलफल गर्न गाेष्टिकाे आयोजना गरेकाे हाे।

नगरपालिकाका १२वटै वडाका नगरवासिकाे शान्ति सुरक्षा सु-व्यवस्था कायम गरि नागरिक लाई ढुक्कसँग सुरक्षाकाे अनुभूति दिलाउदै चाडपर्वका वेला हुन सक्ने जुवातास,चाेरि लुटपाटका घटना,अवैध मदिरा बिक्री समाजिक हित विपरीत हुने अपराधीक कार्य राेक्दै सामाजिक सद्भाव कायम गर्न काेभिडकाे महामारीको विशेष ख्याल गरि सुरक्षा सावधानि अपनाउने विषयमा गाेष्टिमा उपस्थिति सम्वद्वपक्षले ऐक्यवद्वता जनाएका थिए।

आईतवार सुरक्षा गाेष्टिमा सम्वाेधन गर्दै नगर प्रमुख दिल वहादुर ऐरले नगर भित्र शान्ति सुरक्षा काे प्रत्याभुति दिलाउन अवाञ्छित कार्य नियन्त्रण गर्न सम्पूर्ण तह तप्कावाट सहयोग सहकार्य आवश्यक देखिन्छ।

काेभिडकाे महामारीको वेला मानवकाे स्वास्थ्य उच्च जाेखिममा रहेकाले स्वास्थ्य सुरक्षा सावधानी अपनायर मात्रै चाडपर्व मनाउन नगर प्रमुख ऐरले नगरवासिलाई आग्रह गरे।उनलेभने स्थानिय सरकार नागरिकाे स्वास्थ्य सुरक्षा प्रती संम्वेदनशिल भएकाले कानुन विपरीतका गतिविधि गर्ने जाेसुकै भएपनि कानुनि दायरामा ल्याउन नगरपालिका प्रतीवद्वता व्यक्त गर्दछ।

No description available.

नेपाल प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी र नेपाली सेनाले आफुले पाएकाे जिम्मेवारी कार्यान्वयन तर्फ विशेष ध्यान दिनुपर्ने नगर प्रमुख ऐरले आग्रह गरेका थिए।कंचनपुरका सर्वसाधारणलाई सुरक्षाको प्रत्याभुति दिलाउन संगै अपराधीक धटना हुन नदिन शैलेश्वरि सशस्त्र प्रहरी नं३५वल कंचनपुरले विशेष सुरक्षा याेजना ल्याएकाे सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र वहादुर ऐरले जनाए।उनलेभने प्रहरी २४धण्टा परिचालन गर्ने व्यवस्था मिलाएकाेछ।

सिमानाका राजमार्ग लगायतकाे सुरक्षाकाे प्रवन्ध गर्न गाडी द्वारा माेवाईल गस्ती र साईकिलवाट समेत गस्तीको व्यवस्था मिलाईकाले थप सुरक्षाको वातावरण सिर्जनाका लागि स्थानिय सरकारले श्राेत साधन व्यवस्थापनमा समुन्वयात्मक भुमिकामा गरि नागरिकले सहि सुचना दिई सचेत नागरिकको भुमिका निर्वाह गर्नुपर्ने एसपि ऐरले वताए।

No description available.

ईलाका प्रहरी कार्यालय झलारिका प्रहरी निरिक्षक कर्ण वहादुर वाेहराले चाडपर्व सुरक्षाको याेजना सहित नागरिकलाई सुरक्षाकाे महसुस दिलाउन प्रहरी जुटिरहेकाे छ।काेराेना महामारीको अवस्था लाई ध्यानमा राख्दै नागरिकले सावधानी अपनाउन जरूरि देखिन्छ।

आपनाे कार्य क्षेत्रमा हुन सक्ने अवाञ्छित कार्य राेक्न प्रहरी निरन्तर लागिरहने वाेहराले वताए।झलारि पिपलाडि उ.वा.संघका अध्यक्ष हरेन्द्र कुमार भण्डारीले वजारक्षेत्रकाे सुरक्षा सावधानी संगसंगै गाँउवस्तिकाे सुरक्षामा चुनाैति देखिदैछ।No description available.

उनले ग्रामीण वस्तिमा अवैध मदिरा वेचविखन,लुकिछिपि जुवातास,माैलाई रहेकाे छभने युवाहरूनै लागू अाैषध दुव्र्यसन लठ्ठहुने भएकाले यशतर्फ ध्यानदिनु पर्ने भण्डारीले वताए।कार्यक्रममा उपस्थिति जनप्रतिनिधि, सुरक्षाकर्मि,सञ्चारकर्मि,व्यवसायी लगायतले आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए।

नगर सुरक्षा सम्वन्धि वैठकवाट सुरक्षा निकायसंग समुन्वय गरि अगाडि वढ्ने,जिल्ला प्रसासन कार्यालय कंचनपुरकाे निषेधाज्ञाकाे पालना गरि कार्यान्वयन गर्ने र नगरभित्रका हाेटल व्यवसाय राति ९वजे भित्र बन्द गर्नुपर्ने निर्णय गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।