गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ।मन्त्रालयले बिहीबार देशका सबै जिल्लालाई परिपत्र गरी निर्देशन दिएको प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले बताए।



मन्त्रिपरिषदले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरे अनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको उनले बताए। नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ। त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ।
Views: 119

























