२०८३ भाद्र १४ आईतवार
२०८३ भाद्र १४ आईतवार

सेती प्रादेशिक प्रयोगशालामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, २९ असोज ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बितेको २४ घण्टामा १सय ७२ जनाको कोरोना परीक्षण गरिएकोमा ६९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टी हुनेमा ५२ पुरुष र १७ महिला रहेका छन् । 
संक्रमित हुनेहरुमा कैलालीका ५६, कञ्चनपुरका १२,  डोटी र डडेल्धुराका एक/एक जना गरि ६९ जना रहेका सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको  वडा नम्बर १ का १० जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १२ र १३ का १/१ जनामा  र वडा नखुलेका २ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको लम्कीचुहाका १२ जना, गोदावरीका ९जना, घोडाघोडीका २ जना, कैलालीको स्थानीय तह नखुलेका एकजनामा पनि संक्रमण पुष्टी भएको छ ।
त्यसैगरि कञ्चनपुरको बेदकोटका ५जना, भिमदत्तका,कृष्णपुरका एक/एक जना, पुर्नवास र लाझाडीका २/२जनामा संक्रमण पुष्टी भएको हो ।  डोटी र डडेल्धुराका एक/एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।