२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

एउटै एजेन्डा भ्रष्टाचार! रक्षक नै भक्षक

नेपाल गरीबीको छायामा परेको भुपरिबेष्टित राष्ट्र र चारैतिर बाट दुई ठुला छिमेकि राष्ट्र भारत र चिनको बिचमा घेरिएको राष्ट्र हो। तत्कालीन अवस्था हेर्ने हो भने बिश्वको १२५ औ भ्रष्टाचार हुने मुलक नेपाल पर्दछ। भ्रष्टहरु ज्यादति किन बाक्लिदै छ। (अदुअआ) सम्बन्धित निकाय हरु किन मौन बस्छन? भ्रष्टाचारीहरुले किन संरक्षण पाउदैछन।पाकिस्तान मलेसिया र अन्य युरोपेली मुलकहरु जस्तै नेपालमा भ्रष्टाचार गर्नु कडा कानुनी कारवाही किन हुदैन?
यस्को पुर्ण उत्तर त निति निर्माताहरूलाइ थाहा होला। कि त चुनाव जिति जाने प्रिय प्रतिनिधि लाइ थाहा होला?
तर कागजी कानुन मा लेखिएको छ। कि भ्रष्टहरुलाइ कडा कारवाही हुनेछ। तर तिनै नितिलेख्नेहरु भ्रष्टाचारको विगो थापिरहन्छन । न न्यायलय स्वच्छ न्यायलय छ। न अनुसन्धान गर्न निकाय नै। दलालहरु र भ्रष्टाचारीहरुको बाहुल्यताले हद गर्यो।
नेपालका तत्कालिन पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइ ले भनेका छन। “प्रम केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री प्रचन्ड र पुर्वप्रम शेरवाहादुर देऊवा ले ९ अर्व बराबरको भ्रष्टाचार गरेका छन”
हुन त यो कुरामा छानविन होला नै। जिम्मेवार व्यत्तिहरुलाइ आरोप र देशको जिम्मेवार व्यत्तिले भनेका कुरा मा नजरअन्दाज भन्ने त रहदैन।
तर पछिल्ला चरणहरुमा सरकारका प्रत्येक कामहरुमा भ्रष्टाचार बढि मौलाएको देखिन्छ।
सेकुरिटि प्रिन्टिङ प्रेस मा ७० करोडको भ्रष्टाचार भएको बिज मिश्र को दाबि उसो त विजय मिश्र छिट्टै जापान बाट आउने र सपरमाण अदालतमा जाने निर्णय गरेका छन। त्यो त छानविन देखाउला।
गोकुल बास्कोटा को संचारमन्त्री पद धराप मा पर्नु एउटै एजेण्डा भ्रष्टाचार!! भने जस्तै हो।
पछिल्लो घटनाक्रम वाइडबडी जाहाह प्रकरणले स्थान पायो। त्यस्तै स्वास्थ्य उपकरण प्रकरणले पनि देशमा आगो जस्तै बलेको थियो।
रक्षक नै भक्षक भए जनताले सरकार बाट के आशा लिने। जसलाइ चुनेर पठायौ उनका एजेण्डा भ्रष्टाचार वाहेक अरु भएनन भने जनताले के पाए।
भ्रष्टाचार पनि पदमै पुगेका बाट हुने गरेको पाइन्छ।
राष्ट्रियता सवालमा एक हुन नसक्ने हरु भ्रष्टाचारको एजेण्डा मा हातमालो गरेर अघि बढ्छन्।
जबसम्म भ्रष्टहरु रहन्छन तबसम्म देशको मुहान फेर्ने सकिने छैन।
जय देश
जय स्वाभिमान
लेखक – जनक जाेशि ( गन्यापधुरा / डडेल्धुरा )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।