कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेको वाणी हस्पिटलले पहिलो पटक एपेन्डिसाइटिसको सफल सल्यक्रिया गरेको छ । वरिष्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा.अरुण पाण्डेको टिमले कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ३५ बर्षिय महिलाको सफल शल्यक्रिया गरेको अस्पतालका प्रवन्धक निर्देशक यज्ञ खड्काले बताए ।



रातीको समयमा बिरामीको अचानक पेट दुखेर हस्पिटल आएपछि त्यहाँ कार्यरत डा. रामबाबु यादब र हेल्थ असिस्टेन्ट बसन्त राज जैसी लगायतको टिमले चेकजाँच गर्दा बिरामीलाई एपेन्डिसाइटिस देखिएको हो ।
बिरामीको घरको आर्थिक अवस्था कमजोर भएकाले अन्यन्त्र जान नसकिने बताएपछि अस्पतालले सहुलियतमै बुधवार दिउँसो ३ बजे उनको सफल सल्यकृया गरेको हस्पिटलले जनाएको छ । अहिले स्थानिय स्थरमै अस्पताल सञ्चालनमा आउँदा यहाँका नागरिक हर्सित भएका छन ।२४ घण्टा बिरामीको सेवामा रहेको अस्पतालको दाबी छ ।

























