२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

रक्षा मन्त्रालयबाट हटाइए ईश्वर पोखरेल

काठमाडौं, २८ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको रक्षामन्त्रीको जिम्मेवारी खोसिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी तोकेका छन्। नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन्।

बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा विष्णु पौडेल अर्थमन्त्रीका रुपमा भित्रिएका छन्। त्यस्तै कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन्।

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालयको नेतृत्व रिक्त थियो। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले घुस मागेको अडिओ बाहिरिएपछि उनले राजीनामा दिएसँगै खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

शहरी विकास मन्त्रालय भने समाजवादी पार्टीका तर्फबाट सरकारमा रहेका मोहम्मद इस्तियाक राईले राजीनामा गरेपछि रिक्त थियो। त्यहाँ राज्यमन्त्रीका रुपमा भने रामबीर मानन्धर नियुक्त भएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।