धनगढी, २७ असोज । धनगढीका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बुधबार थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नखुलेका ८, वडा नम्बर १ र ३ का ६/६ जना, वडा नम्बर २, ४, ५ का ३/३ जना, वडा नम्बर ७ का २ जनामा कोरोना पुष्टि भएको छ ।
Views: 127

























