२०८३ आश्विन १९ सोमबार
२०८३ आश्विन १९ सोमबार

सुदूरपश्चिममा संक्रमितको संख्या ८३८७ पुग्यो

सुदूरश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार तीन सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा सोमबार सम्म ८ हजार तनि सय ८७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

तर प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार भने संक्रमितको संख्या ८ हजार एक सय २४ मात्र छ। सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम घर भएर प्रदेश बाहिर रहेका संक्रमितको संख्या नजोडेका कारण तथ्यांक कम देखिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीमा सबैभन्दा बढि दुई हजार नौँ सय ४४ जना संक्रमित छन्। जसमा दुई हजार एक सय ६२ पुरुष र बाँकी सात सय ८२ महिला छन्।

यस्तै डोटीमा तीन सय ४५ महिला र सात सय ९० पुरुष गरी एक हजार एक सय ३५ जना, अछाममा आठ सय ५१ पुरुष र दुई सय ५६ महिला गरी एक हजार एक सय सात जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरमा सात सय २५ पुरुष र दुई सय ३४ महिला गरी नौँ सय ५९ जना, बाजुरामा चार सय ४४ पुरुष र एक सय ९३ महिला गरी ६ सय ३४ जना, बझाङमा चार सय ३४ पुरुष र एक सय ७९ महिला गरी ६ सय १३ जना, बैतडीमा तीन सय ८६ पुरुष र ६६ महिला गरी चार सय ५२संक्रमित छन्। 

डडेल्धुरामा तीन सय ८ पुरुष र ६३ महिला गरी तीन सय ७१ जना तथा दार्चुलामा एक सय ५१ पुरुष र २१ महिला गरी एक सय ७२ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये ६ हजार आठ सय ९४ जना डिस्चार्ज भएका छन् भने २४ जनाको मृत्यु भएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।