२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

८४ काेठाकाे गाउँपालिका भवन, छतमै बस्छ हेलिकोप्टर

रबि पाण्डेया/नवलपरासी- पश्चिम नवलपरासीको सीमावर्ती गाउँपालिका पाल्हीनन्दनले हेलिप्याडसहितको सुविधासम्पन्न ८४ कोठे भवन निर्माण गरेको छ ।

एक बिघा क्षेत्रफलमा फैलिएको सो प्रशासनिक भवन देशैभरका पालिका कार्यालयभन्दा सबैभन्दा ठूलो रहेको नगरपालिकाको दाबी छ ।

आठ करोड ४७ लाख रुपैयाँ लागतको भवन पाँच तल्ले छ । भैरहवाको प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको भवन निर्माण अन्तिम चरणमा छ । ‘तीन तल्लासम्म फिनिसिङ भइसकेको छ भने केही दिनमा दुई तल्लाको काम सकिन्छ’, पालिका अध्यक्ष बैजुप्रसाद गुप्ता भन्छन्, ‘रङरोगन सकिनेबित्तिकै नयाँ भवनबाट कार्यालयको काम सुरु गर्छौं ।’

दशैँ-तिहारकै समय नयाँ भवनमा सर्न आवश्यक काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश कोहारले बताए । भवनमा कार्यक्रम हलदेखि बैठक कक्ष, पदाधिकारीका कार्यकक्ष र लिफ्ट पनि जडान भएको छ ।

भवनमा एकातिर हेलिप्याड छ भने अर्काेतर्फ दृश्यावलोकनका लागि भ्यु टावर निर्माण भइरहेको अध्यक्ष गुप्ताले जानकारी दिए । भ्यु टावरले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उनको आशा छ ।

गेटबाट भित्र पानीको फोहोरासहितको वाटर फाउन्टेन र पार्किङ स्थलको व्यवस्था छ । चारैतर्फ कम्पाउडसहितको भवनमा विभिन्न प्रजातिका फूल रोप्ने योजना रहेको ओभरसियर बेचन प्रजापतिले जानकारी दिए ।

प्रशासनिक भवन पालिकाको गौरवको योजना हो । पाल्हीनन्दन गाउँपालिकाको केन्द्र बेलासपुर हो, जुन सदरमुकाम परासीभन्दा दक्षिण पर्छ । पाल्ही भगवती मन्दिर र नन्दन ताललाई जोडेर पाल्हीनन्दन नगरपालिका नामकरण गरिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।