धनगढी, २५ असोज ।सुदूरपश्चिम प्रदेशका थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा गरीएको कोरोना परीक्षण भएकोमा ९५ जनामा संक्रमण पुष्टि भएको हो ।



सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्ल्लो २४ घण्टामा ४ सय ६२ जनाको कोरोना परीक्षणमा ७७ जनामा कोरोना पुष्टि भएको छ । जसमा कैलाली, कञ्चनपुर र बैतडीका गरी ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना र वडा नम्बर २, ३ र ४ का ३÷३ जनामा संक्रमण पुष्टि भएको उहाले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ५, ६, १५ र १६ का एक÷एक जना, त्यसैगरी वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिका–१ का ४ जना, गोदावरी नगरपालिकाका ३ जना र भजनी नगरपालिका–५ का २ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।
त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, पुर्नरवास नगरपालिका र भीमदत्त नगरपालिकाका ४÷४ जनामा भाइरसको संक्रमण देखिएको छ । त्यस्तै बैतडी सुर्नया गाउँपालिका–१ का एक जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ । उता डडेल्धुरामा गरिएको परीक्षणमा थप १० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशाला पछिल्लो २४ घन्टामा २ सय ३४ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गर्दा बैतडी र डोटीका गरी १० जनामा संक्रमण पुष्टि भएको हो । प्रयोशगालाका ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ का दुई जना र डोटीको जोरायल गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा २४ घण्टामा १०४ जनाको कोरोना परीक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष र एक महिला गरी २ जना र अछामको मंगलसेन नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण भेटिएको बताउनु भयो ।
यस्तै बझाङ अस्पतालको प्रयोशालामा ४ जना र कमलबजार प्रयोगशालामा १ जनामा कोरोना पुष्टि भएको सामाजिक मन्त्रालयले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ४६ पुगेको छ । संक्रमण पुष्टि भएका ६ हजार ७ सय बढीले कोरोना जितेका छन भने १९ जना संक्रमितको मृत्यु भएको छ ।

























