कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । सनिबार सेति प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारमा खटिएका ४ जना शसस्त्र प्रहरी र एक जना माईती नेपालमा कार्यरत महिलामा कोरोना पुष्टि भएको पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्यालले जानकारी दिए ।



उनका अनुसार सनिवार नै उनिहरुलाई कञ्चनपुरको महाकाली अस्पतालको आईसोलेसनमा राखिसकेको जनाएको छ ।यस अघि बुधवार पुनर्वास नगरपालिकाकाका कर्मचारी सहित ८ जनामा कोरोना कोरोना पुष्टि भएको थियो ।
नगरपालिकाका कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा अनिश्चितका लागि बन्द भएको छ ।
Views: 140

























