२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

दशैंको मुखमा कोरोना संक्रमण भयावह, सरकार कडा कदमको तयारीमा

काठमाडौं, २४ असोज । अहिलेसम्मकै सर्वाधिक एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बनेको छ । यो हप्ता दुई, तीन, चार गर्दै आज एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह बनेको हो ।

देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र २६ सय ७२ संक्रमित थपिएका छन् । काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । उपत्यकामा दैनिक दुई हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ । देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ ।

विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका थिए । अहिले देशमा सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ । यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ । यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ । सरकार कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारीमा रहेको बुझिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।