२०८३ कार्तिक १९ बुधबार
२०८३ कार्तिक १९ बुधबार

डोटीको बडिकेदार गाउपालिकामा उच्च गतिको इन्टरनेट फोरजी सेवा बिस्तार गरिदै

एकेन्द्र चन्द/ डोटी- डोटीको बडिकेदार गाउँपालिकामा पहिलो पटक उच्च गतिको इन्टरनेट सेवा अर्थात् फोरजी सेवा विस्तार गरिन लागेको हो।
नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । त्यस क्रममा डोटीको जोरायल गाउपालिका सम्म सेवा बिस्तार गरेको टेलिकमले कोरोना संक्रमणले गर्दा डोटीका अन्य स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा अर्थात् फोरजी सेवा विस्तारका गर्ने काम रोकियको थियो।
नेपाल टेलिकम दिपायलले फेरि सेवा बिस्तार गर्ने क्रममा डोटीको बडिकेदार गाउपालिकामा रहेका टेलिकमका तीन वटा टावरमा डिभाइस जोड्नेकाम सुरु गरेको हो। गाउपालिकाको केन्द्र रहेको खडेउलीमा रहेको नेपाल टेलिकमको टावरमा डिभाइस जोडिएको छ भने अन्य दुई स्थान घागल र अतरकाडाको टावरमा डिभाइस जोड्ने कार्य सुरु गरेको नेपाल टेलिकम राजपुर दिपायलले जनाएको छ।
गाउपालिकामा उच्च गतिको इन्टरनेट सेवा नहुदा स्थानिय सहज रुपमा सूचना तथा समाचार हेर्न बाट समेत बन्चित थिए भने फोनको नेटवर्कले समेत राम्रो सघ काम नगर्दा स्थानिय बासी सास्थी भोग्दै आएका थिए।
फोरजीसेवा बिस्तार हुने भए सघै गाउपालिकामा कामकाज लगायत स्थानीयले सहजरूपमा सूचनामा सहजै पहुँच पुग्ने भए पछि स्थानीय खुशी भएका छ्न।
गाउँपालिकामा फोरजी सेवा बिस्तार गरिएकोको मा नेपाल टेलिकमलाइ धन्यवाद दिदै बडिकेदार गाउपालिकाका स्थानियले सहजरुपमा सूचनामा सहजै रुपमा पहुच पुग्ने बडिकेदार गाउपालिकाका अध्यक्ष कृष्ण ब चन्दले बाताउनु भयो।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।