हेमराज भट्ट/अत्तरिया – संचारकर्मी स्वर्गिय ललित ऐरको सम्झानामा अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा खिर खुवाइएको छ ।



स्वा. ऐरको १२ औ दिनको पुण्य तिथीमा कमेडि सिरियल काण्ड खराब उत्पादक थ्री डिभिएल क्रियसन मिडिया हाउसको प्रालिले सेभ हाउसमा रहेका ४५ जना अनाथ एबम् असहाय महिला तथा बालबालिकालाई खिर खुवाएको हो ।
थ्री डिभिएल क्रियसन मिडिया हाउसमा आबद्ध सदस्यहरुले स्वस्फुर्त रुपमा आर्थिक संकलन श्रद्धाञ्जली कार्यक्रम सहित सेभ हाउसका महिला तथा बालबालिकालाई खिर खुवाएको कार्यक्रम संयोजक तथा कमेडि सिरियल काण्ड खराबका निर्देसक दिपक ओझाले बताए । उनले काण्ड खराब टिमका एक होनाहार , असल र कर्मठ सदस्य गुमाउदा निकै ठूलो क्षेति पुगेको बताए ।
उनले स्व। ऐरको सम्झनामा भएपनि आगामी दिनहरुमा पनि सिरयललाई निरन्तरता दिदै जाने बताए ।

कार्यक्रममा सेभ हाउसकी अध्यक्ष जानकी मलासीले अत्तरिया क्षेत्रका एक होनाहार युवा गुमाउदा निकै दुखद रहेको बताइन् । उनले यो दुखदको बेला पनि सेभ हाउसका बालबालिकाहरुलाई एक छाक खाना खुवाएर महत्वपूर्ण कार्य गरेको भन्दै डिभिएल क्रियसन मिडियालाई धन्यवाद दिइन् ।
कार्यक्रममा सहभागीहरुले स्वा.ऐरको फोटोमा टिका लगाउदै उनको बैकुण्ठ बासको कामना गरेका थिए ।
कञ्चनपुरको झलारी घर भई दुई बर्ष देखी अत्तरियामा बस्दै आएका स्वा. ऐर गोदावरी एफ एमका प्रबािधिक तथा खबरदारी न्यजका संम्वादाता समेत रहेका थिए । उनका यही असोेज ८ गते निधन भएको थियो ।



















