२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

२०औं दिनमा डा. केसीको अनशन : मुटुको चालमा समस्या, गम्भीर बन्दै स्वास्थ्य अवस्था

काठमाडौँ, १७ असोज । डा. गोविन्द केसीको १९ औँ अनशनको आज २० दिन पूरा भएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनशन बसेको २० दिन पुग्दा प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

डा. केसीलाई छाती, मांसापेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको छ, केसीको उपचार समूहका एक डाक्टरले बताए ।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चालमासमेत समस्या आएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य गम्भीर बनेको छ । भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।