२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सुदूरपश्चिममा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, १६ असोज । सुदूरपश्चिममा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, बैतडी अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ भएको कोरोना परीक्षण भएकोमा १ सय २० जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीका ९१ जनासहित थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९७ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनरवास र झलारीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । उहाका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ । उता बैतडी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दार्चुला र बैतडीका थप १७ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ र सिगास गाउँपालिकाका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ७७ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामका २ जना र डोटीमा ४ जनामा सक्रमण पुष्टि भएको हो । डोटीको सायल र आर्दश गाउपालिकाका २/२ जना तथा अछामको चौरपाटी र कमलवजारका १/१ जनामा कोरोना पुष्टि भएको बताए । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ९० पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ६ हजार २ सय बढीले कोरोना जितेका छन । कोरोना पुष्टि भएका २२ जनाको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।