बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा अज्ञात रोगका कारण बाख्रा मर्न थालेपछि बाख्रा पालक किसानहरू चिन्तित भएका छन्। बिगत केही महिना यता अज्ञात रोगका कारण बाख्रा मर्न थालेको बताइएको छ।



टाउको सुनिने,पखाला लाग्ने,नाकमा सिँगान आउने, झोक्राउने,शरीरमा चाया जस्तो फुस्रो टाटा पर्ने,घास नखाने,कम हिड्ने जस्ता लक्षण देखिने गरेको र यी लक्षण देखिनासाथ बाख्रा मर्ने गरेको सिगास ३ चमडेखर्क का टेकेन्द्र सिह धामी ले बताएका छन् । उहाँका अनुसार केही महिना यता मात्रै ८ ओटा खसी र ७ ओटा बाख्रा गरी १५ बाख्रा मरेको बताउनुभयो ।
अज्ञात रोगका कारण बाख्रा मर्न थालेको कुरा पटकपटक गाउँपालिका लाई गुहार गर्दा पनि प्राविधिक टोली पठाउँछु भन्ने गरेको भएपनि नपठाएको पनि उहाँले बताउनुभयो ।
वडा नम्बर तीन मा मात्रै अहिलेसम्म धेरै बाख्रा मरेको र गाउँपालिका ले पशु चिकित्सक को व्यवस्थापन गर्नुपर्ने अर्का व्यवसायी बाख्रा पालक घनश्याम धामी र गंगा बोहराले बताउनुभएको छ । प्राय: गरि सिगास गाउँपालिका का सम्पूर्ण वडा हरूमा अज्ञात रोगका कारण बाख्रा मरेको स्थानीयले बताउने गरेका छन् ।
Views: 138

























