धनगढी- गौरीफन्टा नाका भएर भारत पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन ।



कागजात नभएपनि भारत पठाउन सहयोग गरिदिने भन्दै नेपालीहरुबाट रकम असुल गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्वर २ बस्ने २५ वर्षीय कमल बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले यसअघि पनि डोकेबजारबाट पक्राउ परेका बोहरा छुटेपछि फेरी नाकामा ठगी गर्न थालेपछि पक्राउ गरिएको बताए ।
उनलाई अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवबस्तीमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
Views: 258

























