कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) ले शिक्षा क्षेत्रको आमूल रूपान्तरण मा निरन्तर सङ्घर्षरत रहेको छ ।अहिले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगती को बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ । तपशील बमोजिम विषय वस्तुहरूमा सम्बन्धित निकायको ध्यानाकर्षण सचेतना र पहलकदमी का लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
सोमबार बसेको संगठनको बैठकको निर्णय अनुसार जिल्ला समिति कञ्चनपुर ले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना महामारीको कारण शिक्षा क्षेत्रमा चलिरहेको वैकल्पिक सिकाई प्रभावकारी हुन नसकेको जनाउँदै शैक्षिकशत्र खेर जाने नेदिएकाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउँदै कक्षा संचालन गर्न माग अघि सारेका हुन् ।
विप्लव नेकपा क्रान्तिकारी द्वारा विज्ञप्ति जारी गरेर निजी विद्यालय र क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क लिईरहेको जनाउँदै यस्ता शैक्षिक संस्थामाथि कार्बाहीको माग अघि सारिएको छ ।
सरकारी विद्यालयमा भर्ना शुल्क र मासिक शुल्क उठाउने शिक्षा नीति बिरोधी कार्य रोकिनुपर्नेृ, क्वारेन्टाईन बनाएका विद्यालयमा क्वारेन्टाइन हटाई आबस्यक स्वास्थ्य सुरक्षा संयमता अपनाई बिद्यालय सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।
कोरोनाका नाममा स्थानीय तहमा औषधी, क्वारेन्टाईन राहत वितरण व्यवस्थापनमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने, डेरागरी बस्नेलाई घरभाडा छुट, कालोबजारी नियन्त्रण यातायातमा बढाएको भाडा बृद्धि खारेजी र विद्यार्थीलाई दिँदै आएको सहुलियत कार्यान्वयन लगायतको माग अघि सारिएको कुरा कञ्चनपुर जिल्ला अध्यक्ष ललित एस के ले हामीलाई जानकारी गराउनु भयो ।
Views: 239




























