२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

सुदूरपश्चिम प्रदेशमा ६ हजार १०१ जनाले जिते कोरोना

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ६ हजार एक सय एक संक्रमितले कोरोना जितेका छन्। सोमबार थप ८२ जना कोरोना संक्रमण मुक्त भए सगै सो संख्या पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामका ४५, डोटीका तीन, कैलालीका दुई र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ८ सय ६८ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका नौँ सय ६९, डोटीका नौँ सय ५० र कञ्चनपुरका सात सय ४२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय २२, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४९ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ भने स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयका अनुसार सात हजार एक सय १८ पुगेको छ।

निर्देशनालय र सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको प्रयोगशाला र प्रदेश बाहिरका विभिन्न प्रयोगशालामा कोरोना पुष्टि भएका झण्डै दुई यस जनालाई आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन्। सुदूरपश्चिममा संक्रमित मृतकको संख्या २१ पुगेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।