२०८३ आश्विन ११ आईतवार
२०८३ आश्विन ११ आईतवार

आज विश्व मुटु दिवस मनाइदै

मंगलबार सेप्टेम्बर २९, विश्व मुटु दिवस। विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाइदैछ। 

नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको अनुमान छ। प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलेस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोगको समस्या छ। 

वर्षेनी एक हजार बालबालिका बाथ मुटु रोगका कारण हार्ट फेल भएर मृत्यु हुने गरेको प्रतिष्ठानले जनाएको छ। ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना नखाने, ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्ने गरेको प्रतिष्ठानले जनाएको छ। 

मुटु रोगका कारण विश्वमा वर्षेनी १ करोड ८० लाख मानिसहरुको मृत्यु हुने गरेको छ। जसमध्ये विकासोन्मुख देशहरुमा मुटु रोगबाट मर्नेको संख्या ८० प्रतिशतभन्दा बढी छन्। सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। विकोसोन्मुख देशहरुमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिशतबाट ३५ प्रतिशतमा पुग्ने अनुमान छ। 

अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सकहरु बताउँछन्। मुटु रोगीका लागि कोरोना भाइरस निकै जोखिमपूर्ण हुने भएकाले सावधानी अपनाउन प्रतिष्ठानको आग्रह छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।