२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

कञ्‍चनपुर सीमा क्षेत्रका ७ सशस्त्र जवानमा कोरोना संक्रमण

कञ्चनपुर, १३ असोज ।  सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका सात जवानमा कोरोना संक्रमण भएको छ।   सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा सीमा नाका गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीका जवानमा कोरोना पुष्टि भएको हो। संक्रमण भएका जवान सीमा क्षेत्रमा भारत जाने र फर्कनेको सुरक्षा व्यवस्था मिलाउन र स्वास्थ्य चेकजाँचमा खटिएका थिए।  

संक्रमण देखिएका जवानलाई महाकाली अस्पतालको आइसोलेसनमा राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए।

उनका अनुसार सातै जनाको स्वास्थ्य भने सामान्य छ। यसअघि समेत सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी निरीक्षकसहित आठ जनामा कोरोना भएको थियो । ती भने हाल कोरोनामुक्त भई कार्यक्षेत्रमा खटिइसकेका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।