बाजुरामा भालुको आक्रमणबाट एकजना गम्भीर घाईते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन् ।



घर नजिकै भैसी खर्कमा आज विहान शौचालय गर्न जाने क्रममा भालुले आक्रमण गरेपछि घाईते साउँदको अवस्था गम्भीर रहेको छ ।
उनको अनुहारमामा चोट लागेको पारिवारिक स्रोतले जनएको छ। साउँदलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको छ ।
Views: 196

























