२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कैलालीमा एकै दिन ४७ जना सङ्क्रमित थपिए

धनगढी, ११ असोज । कैलालीमा एकै दिन आज ४७ जना सङ्क्रमित थपिएका छन् । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४०४ नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

जसमध्ये ४७ जना कैलालीका र एक जना कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का रहेका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१ मा एक, वडा नम्बर २ मा चार, ३ मा तीन, ५, ८ मा एक÷एक १४ मा दुई र वडा नखुलाइएको एक जना सङ्क्रमित भएका छन् । 
यस्तै, टीकापुर नगरपालिकामा सबैभन्दा बढी २१ र गोदावरी नगरपालिकामा १३ जना सङ्क्रमित थपिएको अस्पतालले जानकारी दिएको छ । आज सङ्क्रमण पुष्टि भएकामध्ये ३५ जना पुरुष र १३ जना महिला रहेका छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।