२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाइयाे !

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्  । आज मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएको छ । यसअघि शनिबार सम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन ।

स्रोतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बोलाउने मनसायमा प्रधानमन्त्री पुगेको देखिन्छ । पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको चर्चा चुलिएको छ, यसैबारे छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको अड्कल गरिएको छ ।

यसअघि नियमितरूपमा मन्त्रिपरिषद बैठक सोमबार र बाँकी रहेका एजेन्डाका लागि पुनः बिहीबार बस्ने गरेको थियो ।

पछिल्लो समय नेकपाका अध्यक्षसमेत रहनुभएका  प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि घनिभूत छलफल भएको थियो र यसको गृहकार्य अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले गत शुक्रबारकै मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको बिदाइ गर्ने संकेत गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।