अछाम- अछाममा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुषको शनिबार जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो ।
उनी भाद्र २५ गते भारत बाट अछाम पुगेका थिए ।



मृतक पुरूषको डोटी अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्दा ९ गते पोजेटिभ देखिएको थियो । मृतक सहित क्यारेक्टरमा बसेका थप १९ जनाको समेत कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य समस्या भएपछि शनिबार उनलाई जिल्ला अस्पताल मंगलसेन लागिएको थियो। उनको शनिबार बेलुका नौ बजे मृत्यु भएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ।
Views: 169

























