कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यस्तै, शनिबार नेपालमा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। संक्रमितमध्ये ५० हजार ५३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४६७ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर ११४७ जना घर फर्किएका छन्।
Views: 124

























