२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

ट्याक्टर व्यवसायीहरुद्धारा सडक कर हटाउन मागसहित कृष्णपुर नगरपालिका घेराउ

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका ट्याक्टर व्यवसायीहरुले नगरपालिका कार्यालय घेराउ गरेका छन। नदीजन्य सामग्री ढुवानी गर्ने ट्रयाक्टरहरुले खोलामा र सडक प्रयोग गरेबापत दुवैको कर तिर्नुपर्ने भन्दै सो को खारेजीका लागी उनीहरूले शुक्रवार ट्याक्टरसहित घेराउ गरेका हुन।

नगरपालिकाले कुनै पनि नागरिक, उद्यमी, व्यवसायी तथा समाजसेवीहरूलाई जानकारी नदिई सडक कर असुल्न ठेक्का दिएकाले सो को खारेजीको माग सहित नगरपालिका घेराउ गरेको व्यापारी पुुष्पराज भट्टले बताए।

‘अन्य स्थानियतहले विगत देखी नै सडक शुल्क लिने गरेका थिए। नगरप्रमुख कर्ण बहादुर हमालले भने,–‘ हामीले यस वर्ष देखी मात्रै सुरुवात गरेका हौ।’

उनले ठेक्का सम्झौता गर्दा पनि मूल्याङ्कनको आधारमा विधि प्रक्रिया पु¥आएर भएको दाबी गरे। शुक्रवार बसेको सरोकारवालाहरूको बैठक भने विना निष्कर्ष टुङगीएको हो। व्यापारीहरूले माग पुरा नहुन्जेल विरोधमा उत्रने बताएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।