२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

आईपीएल : सन्दीप आबद्ध दिल्लीले धोनीको टिमलाई ४४ रनले हरायो

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित दर्ता गरेको छ।

शुक्रबार राति दुबईको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो । चेन्नईले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३१ रन मात्र जोड्न सक्यो ।

सन्दीपको टिम दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शाले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।

अर्का ओपनर शिखर धवनले ३५ रन जोड्दा पहिलो विकेटका लागि उनीहरुले ९४ रनको साझेदारी गरेका थिए । दिल्लीका लागि ऋषब पन्तले ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ र साम करनले एक विकेट लिए ।

१७६ रनको चुनौती पाएको चेन्नईका लागि फाप डु प्लेसिसले ४३, केदार जाधवले २६, कप्तान महेन्द्रसिंह धोनीले १५, शेन वाट्सन १४, रविन्द्र जडेजाले १२ र मुराली विजय १० रन जोडे ।

कसिलो बलिङ गरेको दिल्लीका लागि कागिसो राबडाले ३, एन्रीच नोर्ट्जले २ र अक्षर पटेलले १ विकेट हात पारे ।नेपाली स्पीनर सन्दीप भने दोस्रो खेलमा समेत बेन्चमै थिए ।

शुक्रबार रातिको जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको दिल्लीले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा दिल्लीले सुपर ओभरमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।