राजेन्द्र साउद / सिगास, बैतडी असोज -९।सिगास गाउँपालिका अन्तर्गत सामुदायिक बिधालय निजीस्रोत शिक्षकहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिगास गाउँपालिकाका अध्यक्ष हरि सिह धामीको प्रमुख आतिथ्यमा सिगास गाउँपालिका को केन्द्र गर्जेमा बैठक बसि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।



कार्यक्रममा सिगास गाउँपालिका का शिक्षा शाखा अधिकृत रमेश प्रसाद भट्ट,विधालय निरिक्षक ज्ञानु गिरि सिगास गाउँपालिका निजीस्रोत शिक्षक संगठन का संयोजक राम सिह धामी, अध्यक्ष लक्ष्मी शाह चन्द, महासचिव सुरेन्द्र बहादुर धामी, वरिष्ठ उपाध्यक्ष महेन्द्र बिक उपाध्यक्ष गोमा अवस्थी, सचिव नवराज ढाट लगायत अन्य पदाधिकारी सहित निजीस्रोत शिक्षक हरूको बाक्लो उपस्थिति रहेको थियो ।
कोरोना भाइरसका कारण लामो समय सम्म विधालय नखुलेको अवस्थामा कस्तो माध्यमबाट पढाई गर्न गराउन सकिन्छ लगायत निजीस्रोत शिक्षक का पेसागत हक हित र सेवा सुविधा सहित निजीस्रोत शिक्षक का अन्य बिबिध समस्या को बारेमा अन्तरक्रिया, छलफल र सरसल्लाह को लागि उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताईएको छ ।निजीस्रोत शिक्षकहरूको पेसागत हक हित र सेवा सुविधा को लागि सिगास गाउँपालिका का अध्यक्ष हरि सिंह धामी को अध्यक्षतामा सिगास गाउँपालिका का शिक्षा शाखा अधिकृत रमेश प्रसाद भट्ट , विधालय निरिक्षक ज्ञानु गिरि लाई ध्यानाकर्षण गराउन ध्यानाकर्षण पत्र बुझाएको पनि निजीस्रोत शिक्षक संगठन का महासचिव सुरेन्द्र बहादुर धामी ले जानकारी दिएका छन् ।

























