हिन्दू संस्कार, संस्कृति मान्ने हामी स्नातनीहरुले आफ्नाे जन्माेत्सब मनाउँदा बत्ती निभाएर केक काट्नु र खीरमा नुन अनि तरकारीमा चिनी राख्नु एउटै हाे।
मान्छे मर्दा मलामी हुन निम्तो गरिँदैन साथै जन्ती हुन निमन्त्रणा अनिवार्य हुन्छ चेतना भया ,
हरि ॐ



हिन्दू संस्कार, संस्कृतिको कारण नै हाम्रो उन्नति, प्रगति हुन नसकेको हाे भन्ने कथित बुद्धिजीवीको कान र आँखा मार्फत मगजसम्म पुगाेस्।
अदत्तानामुपादानं हिंसा चैवाविधानत:।
परदाराेपसेवा च शारीरं त्रिविधं स्मृतम्।।
पारुष्यमनृतं चैव पैशून्यं चापि सर्वश:।
शसंवद्धप्रलापश्च वाङ्मयं स्याच्चतुर्विधम्।।
परद्रवेष्वभिध्यानं मनसानिष्टचिन्तनम्।
वितथाभिनिवेशश्च त्रिविधं कर्मनाशनम्।।
अर्थात्,
अर्काको वस्तु हरण गर्नु, शास्त्र वर्जित हिंसा गर्नु तथा परस्त्री गमन यी तीन कायिक (शारीरिक) पाप हुन्। रुखाे बाेली, झुटाे बाेली, पिठ्युँ पछाडि कसैको कुरा काट्नु, बिना अर्थले कुरा काट्नु यी चार वाचिक (बाेली द्वारा गरिने) पाप हुन्। अर्काको धनलाई अन्यायपूर्वक लिने बिचार गर्नु, अर्काको कुभलाे चिताउनु र नास्तिक बिचार राख्नु यी तीन मानसिक पाप हुन्।
अब भनाै कसैले शास्त्र वर्जित कर्म गर्छ भने त्यो व्यक्तिको दाेष कि शास्त्रको दाेष?
भनिन्छ भनिन्छ “ज्ञान हाँसी मर्छ भने विज्ञान राेएर मर्छ”
। ज्ञान शब्दमा वि उपसर्ग लगाएपछि विज्ञान हुन्छ। विज्ञानले उपलब्धि मात्र नभई सारा संसार तबाह गर्ने साेंच पनि राख्छ भने ज्ञानले चराचर जगतको समुन्नतकाे मात्र अभिभारा लिएको छ। यस सन्दर्भमा हाम्रा पुराणहरुले उल्लेख गरेका शंख, घण्टी, नगारा यी सबै वस्तुको ध्वनिबाट निस्केको तरंगले धर्ती, आकाश, वायुमण्डलमा रहेका सुक्ष्म भन्दा पनि अति सुक्ष्म जीवाणु, विषाणुलाई नष्ट गर्न सक्षम हुन्छ भन्ने कुरालाई नै लिन सकिन्छ। यी ध्वनिकाे साथसाथै वैदिक शास्त्रले उच्चारण गर्न सिकाएको उच्चारण अनुसारको ॐ काे उच्चारणले पनि हानिकारक चिजकाे अस्तित्व समाप्त पार्न मद्दत पुर्याउँछ भन्ने वैज्ञानिक विश्वास रहेको पनि मैले सुनेको छु। यज्ञ-यज्ञादि गर्दा हवन गरिने अाज्य-चरुकाे हवनबाट निस्कने सुगन्धबाट पनि वातावरणमा स्वच्छता ल्याउँछ र बिग्रेका ग्रह-दशा पनि शान्त पार्न मद्दत पुर्याउँछ भन्ने ज्याेतिष शास्त्रकाे पनि मत रहेको छ। दीप प्रज्ज्वलन गर्दा बाती र घिउको सम्मिश्रणबाट निस्केको रसायनले वातावरणलाई स्वच्छ बनाउन मद्दत पुर्याउने कुरा धर्मशास्त्रका ज्ञाताहरुले भन्ने गरेका छन्। यसकारण शंखध्वनी लगाउनु र दीप जलाउनुलाई शास्त्रीय हिसाबले एकदम जायज मान्नुपर्छ भन्ने मलाई लाग्छ ।
(लेखक – वेदात्रेय पथिक )

























