२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

कञ्चनपुरमा अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

कञ्चनपुर । कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्।

सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ।

“पठनपाठनको पूर्वतयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाइ प्रमुख भरतबाबु सुवेदीले भने, “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ।”

उनले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताए।

“घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहनुभएको छ”, उनले भने, “टोलरछिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हुँदैछ।”

कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन्। रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।