२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

आफ्नै ठूलो बुवाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने एक जना पक्राउ

आफ्नै ठूलो बुवाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन् । बुधबार राती अन्धाधुन्ध धारीलो हतियार प्रहार गरि फरार रहेका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

पराल राख्ने खोल्मामा सुतिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनले बुधबार राती ६१ वर्षीय ठुली आमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षीय भाइ लाक्पाछिरिङ भोटेमाथि आक्रमण गरेको वडाध्यक्ष टसी लामाले बताए ।

लामाका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ । भारतसँको सीमावर्ती क्षेत्र भएकाले अभियुक्तको खोजीका लागि रातीदेखि नै पाँथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकामा प्रहरी परिचालन गरिएको थियो ।

उनलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भाइरहेको छ । थप उपचारका लागि गाउँपालिकाको केन्द्र तेल्लोकबाट एचएसहितको टोली पठाइएको पालिका अध्यक्ष टिकाराम गुरुङले बताए ।

उनीहरुलाई याम्फुदिन पुग्न कम्तीमा आठ घण्टा लाग्छ । गुरुङका अनुसार मान्छेले बोकेर ल्याउदा गाडीको भएको हप्पुखोला सम्म पुर्‍याउन एकदिन पुरै लाग्ने भएकाले काठमाडौंबाट हेलिकोप्टर झिकाइएको छ ।

एकैपटक सुविधासम्पन्न अस्पतालमा पुर्‍यान हेलिकोप्टर झिकाएका छौं, तर खराब मौसमका कारण उड्न सकेको छैन, गुरुङले भने । हेलिकोप्टर नआउञ्जेलसम्म पालिकाबाट गएको एचएको टोलीले उपचार गर्ने बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।