बझाङमा १३ बर्षिया बालिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको मष्टा गाउँपालिका वडा नं २ खिताला घर भएकी १३ वर्षीया बालिका स्थानीय सिम मन्दिर भित्र फेला परेकी हुन्।



बुधबार राति करिब दशबजेतिर उनी मन्दिरभित्र मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुनसक्ने जनाएको छ। अहिले घटनास्थलमा डिएसपी रुपक खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको छ। घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 113

























