डडेल्धुरा – डडेल्धुरा अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकाका अन्दाजी ४०/४५ वर्षीय पुरुष रहेका छन् ।



२ दिनअघि भारतबाट आएको बुझिएको छ। डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नुभन्दा पहिले नैबुधबार मृत्यु भइसकेको बताए ।
‘साथमा उनकी श्रीमती छन्, उनको बोल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘भारतबाटै कोरोना संक्रमित भएको भन्ने खबर बाहिर आएको छ, रिपोर्ट साथमा छैन, आफन्तले रिपोर्ट ल्याएपछि थाहा हुन्छ।’
मृतको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । डडेल्धुरा अस्पतालमा पनि उनको कोरोना परीक्षणको तयारी भइरहेको छ ।
Views: 122

























