डडेल्धुरा – सबै मिलेर खोप लगाई प्राणघातक रोग रेबिजलाई निर्मूल गरौं’ भन्ने नाराका साथ १४औं विश्व रेबिज दिवस मनाइदैछ। सोही दिवसको अवसरमा डडेल्धुराका युवाले सदरमुकाम क्षेत्रमा रहेका छाडा कुकुरलाई रेबिज विरुद्धको खोप लगाएका छन्।



बागबजार र तुफानडाडा क्षेत्रमा रहेका करिब २० कुकुरलाई खोप लगाएको नरेश पनेरुले बताए। छाडा कुकुरलाई रेबिज विरुद्धको खोप लगाएपश्चात सडकमा हिँडडुल गर्ने व्यक्ति तथा अन्य जनावर सुरक्षित हुने दिपिका कार्कीले बताउनु भयाे।
उक्त अभियान भेटेरिनरि अस्पताल तथा पुशु सेवा विज्ञ केन्द्र डडेल्धुरा सहयोगमा सम्पन्न गरिएको थियो।
Views: 176

























