नेपालमा असमान्य रुपमा व्याप्त भएको प्रवृति पिउन देखी हाकिम सम्म अड्डा अदालत देखी राजनितिको उदगम् सम्म राम्रो लाइ होइन हाम्रो लाइ संरक्षण हुन्छ। राजनितिको उद्दडमा आएर होस या पदको प्रभुत्व जमाएर हो आफ्नो मान्छे कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चासोको रुपमा हेरीन्छ। कुरालाई केन्द्र बनाउ राजनितिको वर्तमान विन्दुमा!! आसन्न निर्वाचन २०७४ को प्रतिनिधिसभा बर्दिया वाट चुनाव मा पराजित भएका नेकपा उपादक्ष्य क.वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भए। हल्लामा आइरहने कुरा क.बामदेव ज्यु लाइ अब राज्यसत्ता र संविधान संसोधन गरेरै भएपनि प्रधानमन्त्री को जिम्मेवारी सुम्पिनु पर्छ। वास्तवमा यो दुर्भाग्यको कुरा हो। आफ्नो जिल्लाको जनताको मन नजिती चुनाव मा पराजित भएको मान्छे भोली देशको जनतालाइ रिजाउन सकिएन भने। फेरि एकपटक “अन्धाको देशमा कानो राजा” उखान सहि साबित हुनेछ।
हाम्रा लाइ संरक्षण भन्ने होडबाजी ले कर्मचारीतन्त्र धरासायी र पतन को उत्कर्ष मा पुग्न लागेको छ। सामान्य पिउन देखी हाकिम सम्म नातावाद को खोलको उद्ङगो नाम दिने परिपाटी ले
जनताको ठुकठुकी “बिजुली म्यान:कुलमान” जस्ताहरु इमान्दारीता का कारण सेलाउनु पर्ने अवस्था देखिएको छ।
राम्रो लिने र हाम्रो लाइ त्याग्ने जब सम्म देशमा नजिर बस्दैन तब सम्म मानौ प्रकृयावादी र नातावाद को हावी भइरहनेछ।
कर्मचारीतन्त्र चुस्तदुरुस्त हुनु त टाढाको कुरा हो।
जब देशको जम्बो ब्यक्तिनै हाम्रो भनेर मनोनयन गरिएको छ भने
त्याहाँ हाम्रोवाद हावी नहोला र?
लेखक ( जनक जाेशि – गन्यापधुरा / डडेल्धुरा )




























