२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

कृष्णपुर नगरपालिका २ बंक सुन्दरीफाँटामा अन्तिम दाहसंस्कार स्थल (आर्यघाट) निर्माण सम्पन्न

कञ्चनपुर – कृष्णपुर नगरपालिका २ बंक सुन्दरीफाँटामा अन्तिम दाहसंस्कार स्थल (आर्यघाट) निर्माण गरिएको छ । प्रदेशमै सुविधा सम्पन्न आर्यघाट निर्माण गरिएको हो । आर्यघाटको नाम भेटघाट राखिएको छ ।

कृष्णपुरका नगरपालिकाका मेयर कर्ण बहादुर हमालले संघ सरकारको सहयोगमा दाहसंस्कार कुण्ड, मलामी प्रतिक्षालय, खानेपानी लगायतका सबै सुविधा भएको आर्यघाट निर्माण गरिएको बताए ।

‘गुरुयोजना सहित बनाएर आर्यघाट निर्माणका लागि पहल गरिएको हो, त्यसका लागि संघ सरकारले सहयोग गरेको छ’ उनले भने, ‘विद्युतीय माध्यमबाट शव जलाउने योजना पनि बनाएका छौ ।’

एक बिगाहामा जमिन बनाएको आर्यघाटबाट कृष्णपुर सहित शुक्लाफाँटा नगरपालिका र लालझाँडी गाउँपालिकालाई वासिन्दाले लाभावान्तित भएका छन् ।

कृष्णपुर नगरपालिकाले भूमिगत पानीका लागि डिप बोरिङ्ग व्यवस्था गरेको छ । आर्यघाटलाई कटानबाट जोगाउन नदीमा तटबन्ध निर्माण गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।