२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

भोकले ,शोकले जनता मरिहरेका छन , के हेर्दै हुनुहुन्छ प्रधानमन्त्री ज्यु

हाम्रो अदुरदर्शीताका कारण इतिहासदेखि वर्तमानसम्म कति अल्झियौं । कति समस्या बल्झायौं । तर, पनि हामीमा अझै अन्योलता कायमै छ । सबैमा त्यो दुरदर्शीता नहोला, तर कोहि न कोहि त अगाडी आउनैपर्ने रहेछ ।
प्रसंग कोरोना भ्रमकै गरौं । शुरुमा आरडिटी जर्वजस्ती गराईयो । चौतर्फी विरोध शुरु भएपछि त्यो वन्द भयो । अहिले पिसिआर जाँचको अनिवार्यता खारेज हुनुपर्छ भन्ने माग उठेको छ । यसको च्याप्टर पनि एकदिन वन्द हुनेछ । शुरुमा विश्वभरि लकडाउन लगाइयो । अहिले लकडाउन सबैतिर विरोध शुरु भयो । शुरुमा माक्स र स्यानिटाइजरलाई रक्षाकबज ठानियो । अहिले यो भ्रम रहेको पर्दाहरु खुलिरहेका छन् । शुरुमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )को महावाणीलाई भगवानकै आर्शिवाद झैं ठानियो । अहिले विश्वले डब्लुएचओलाई श्राप गरिरहेको छ । भर्खरै ४ दर्जन देशहरुले डब्लुएचओसंग सम्बन्ध तोडिसके ।
नेपालमा जतिबेला लकडाउन (गत चैत ११ गते ) लाग्यो , हामीले गलत निर्णय भन्यौं । विश्वका विभिन्न विज्ञ, अनुशन्धान, अध्ययन र सुचनाका आधारमा मैले यसको औचित्य माथि नै प्रश्न उठाएको थिएं । तर, त्यतिबेला धेरैलाई पत्यार लागेन । (हेर्नुस फागुनदेखिका लेख, स्टाटसहरु )
पछि धेरैलाई हो क्या र, लकडाउन समाधान रहेनछ भन्ने पर्यो । विरोध शुरु भयो । लकडाउन खोलियो । फेरि अहिले लकडाउन छ । भ्रमपुर्ण पिसिआर जाँचका आधारमा संक्रमित वा मृतक संख्या त घट्ेनन् त ? किन यस्तो खेल खेलिन्छ ?
तपाईंहरुलाई याद होला, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भन्नुभएको थियो, नेपालमा कोरोनाले कोहि मरेको छैन, अरु रोग लागेका विरामी मृत्यु भएपनि कोरोनाकै कारण मरेको भन्नुपर्ने डब्लुएचओको मान्यताले कोरोनाले नेपालमा मृत्यु भएको देखिएको हो । हामीले कसैलाई मर्न दिएका छैनौं । यो सामान्य रुघाखोकी हो, हाच्छयुँ साच्छुर्यु गरिदिने, बेसार पानी खाने निको हुन्छ ।’
प्रधानमन्त्रीको यहि भनाईवाट प्रष्ट हुन्छ कि, डब्लुएचओले कति धेरै सिण्डिकेट लदाएको होला भनेर ।
गलत सुचना दिने कसैलाई रहर होइन यहाँ । अस्पतालमा छट्पटाएका विरामीसंग कसैले मजाक गरेको सोच्छ भने त्यो तुच्छ सोच हो । अन्य रोग र मनोवैज्ञानिकवाट विरामीलाई तड्पाएर कथित कोरोना लागेको घोषणा गर्ने काम तत्काल रोक्नुपर्छ भन्ने कुरा बुझ्ने कहिले ? के हामीले यो भनिरहँदा तपाईंहरुलाई हचुवामा बोले जस्तो लाग्छ ? कोरोना आउनु अघि कयौं रोग लागेर मानिसहरुको मृत्यु हुन्थ्यो । कोरोना आएपछि के कोरोनावाट मात्रै मरेको भन्नुपर्ने हो ? यहाँ मरेर जाने त गए, तर ज्युँदै भएका मानिसहरुलाई हामीले मनोवैज्ञानिक रुपमा कहिलेसम्म मार्ने ? भोकले, रोगले, शोकले र तपाईंहरुका भ्रमपुर्ण सुचनाले हजारौं मरिरहेका छन् । हो यहि विरुद्ध अहिले सारा युरोप र विकसित देशका नागरिक सडकमा ओर्लिसकेका छन् ।
विश्वसनीय सुचना, स्रोत र आधिकारिक अनुशन्धानलाई तपाई पनि सुक्ष्म ढंगले अध्ययन गर्नुस । मैले दिनरात अध्ययन गर्दै विश्वका दर्जनौं सुचनाका स्रोतका आधारमा यो यो हो है, खास कुरा यो रहेछ, यस्तो हो भन्ने जानकारी मात्र दिएको हुँ । एउटा संचारको पेशागत मान्यताका आधारमा सुचना दिएको मात्र हुँ ।
अब पनि हामीले कोरोनालाई महामारी रोगका रुपमा बुझ्यौं भने त्यो सबैभन्दा आत्मघाती हुनेछ । सामान्य रुघाखोकी, सामान्य निमोनिया जस्तै यो कोरोना भाइरसलाई सामान्य रुपमै लिन विश्वभरिवाट कति धेरै आवाज उठिसकेको छ ।
लेखक – सुरज तमाेलि ( अमरगढि , डडेल्धुरा / सामाजिक अभियानता )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।