२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

अमरगढी नगरपालिका उप प्रमुखकाे गाउँ अझै अध्याराेमै,स्थानियले नै दिएन्न तार तान्नु ।

डडेल्धुरा – अमरगढी नगरपालिका उप प्रमुख संगिता भण्डारीको गाउँ मा बिजुली बल्न सकेको छैन । अमरगढी नगरपालिका–३ चिरकिट्टे क्षेत्रका गाउमा बिजुलीका पोल गाडिएर तार तानिएका छन । तर बिजुली भने बल्न सकेको छैन ।

ओखरका हाँगा तारमा छुने भन्दै स्थानियले हाँगा काट्न दिएका छैन्न । बिद्युत प्राधिकरणले मिटर लिन भने पनि स्थानियले लिएका छैन्न ।

चिरकिट्टे क्षेत्र सत्कट्टा, झोपेबाच, रोडङ्गा गाउका केही स्थानियले घरमा वायरिङ्ग पनि गरेका छन । यस क्षेत्रका सबै स्थानियले मिटर नलिएका कारण बिजुली बल्न नसकेको उपप्रमुख भण्डारीले बताईन ।

यहाँका गाउँलेहरुले ओखर खेती गर्दै आएका छन । उनले भनिन एउटै रुख ओखरको भए पनि धेरै आम्दानि हुन्छ । ओखर स्थानियको रोजी रोटी हो । यस कारण स्थानियले ओखरका रुख काट्न दिएका छैन्न । र बिजुली बल्न सकेको छैन ।

स्थानियले ओखरका हाँगा काट्न नदिएका कारण बिजुली बल्न नसकेको वडा अध्यक्ष गोबिन्द बोहराले बताए । स्थानियले बिजुलीका पोल सार्नु पर्ने माग राखेका कारण बिजुली बल्न नसकेको उनको भनाई छ ।

स्थानियलेनै विवाद गरे पछि सबै क्षेत्रमा पोल पनि गाड्न सकिएको छैन भने तार पनि तान्न बाँकी छ । बिजुली नबल्दा यस क्षेत्रका करिब ३० बढी परिवार अन्धकारमै बस्न बाध्य छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।